images

बिहिवार, बैशाख १३ गते २०८१

'कला व्यवसायीहरू राज्यबाट उपेक्षित'

'कला व्यवसायीहरू राज्यबाट उपेक्षित'

images
images
images
आइतवार, माघ २२ २०७९
आइतवार, माघ २२ २०७९
  • 'कला व्यवसायीहरू राज्यबाट उपेक्षित'

    भैरहवा, २२ माघ ।

    images

    कलाकारहरुहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरु आफ्नाे हकहित, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध हुन जरुरी रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् । 

    नेपाल कमर्शियल आर्टिस्ट संघको प्रथम रुपन्देही भेलामा बोल्दै आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको बताए । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको उनीहरुले आरोप लगाए ।  दर्ता भएर कर तिरे पनि राज्यको अंगहरुमा आफूहरुकाे पहिचान हुन नसक्नु दुखद् कुरा रहेको भन्दै उनीहरुले व्यवसायलाई मर्यादित बनाउँदै व्यवसायिक सामाजिक सुरक्षाको माग गरे । 

    संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद राजवंसीले २०५१ सालदेखि संस्थागत भए पनि सरकारकै उपेक्षाका कारण आफूहरुकाे पहिचान र पेशा संकटमा पर्दै गएकोले संस्थालाई पुनः जीवित गरेर देशव्यापी रुपमा संगठन विस्तारको अभियान चलाइएको बताए ।

    अहिले मेचीदेखि महाकालीसम्म अभियानमार्फत् जिल्ला कमिटी गठन गर्दै गएकाे र २८ जिल्लामा समिति गठन भएको उनले भने । कला र क्षमता भए पनि राज्यबाट उपेक्षित भएकोले नयाँ पिँडीलाई यो पेशा तर्फ आकर्षित गर्न, कलाकार श्रमजीवी हो भन्ने गर्भको वातावरण बनाउन र सबै कलाकारहरु एकताबद्ध भई संगठीत हुन यो अभियान चलाइएको उनले भने । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij