images

बिहिवार, चैत्र १५ गते २०८०

माघ २१ देखि लुम्बिनीमा मोरारी बापूको ९ दिने प्रवचन हुँदै

माघ २१ देखि लुम्बिनीमा मोरारी बापूको ९ दिने प्रवचन हुँदै

images
images
images
बुधवार, माघ ११ २०७९
बुधवार, माघ ११ २०७९
  • माघ २१ देखि लुम्बिनीमा मोरारी बापूको ९ दिने प्रवचन हुँदै

    लुम्बिनी । भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापूबाट बुद्ध जन्मस्थल लुम्बिनीमा श्री रामकथा प्रवचन हुने भएको छ । हिन्दु धर्मको पवित्र ग्रन्थ रामायणका लेखक गोस्वामी तुलसीदासका अवतार मानिने मोरारी बापूबाट लुम्बिनीमा वृहत प्रवचन हुने भएको हो ।  

    images
    images
    images

    लुम्बिनीस्थित अन्तराष्ट्रिय सभा हलमा माघ २१ गतेबाट २९ गतेसम्म हुने प्रवचनको तयारी पुरा भएको रामकथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । 

    विश्वका प्रमुख धार्मिक स्थलहरुमा प्रवचन दिने बापुको पवित्र लक्ष्य अनुसार रामकथा अन्तरगत मानव सारथीको अध्यायमा बापुको प्रवचन हुने भएको हो । रामचरित्र मानिस र बुद्ध कथालाई जोडेर वृहत प्रवचन दिईने आयोजकले जनाएइको छ । 

    रामकथा प्रम यज्ञ समितिका संयोजक अनिल मिश्राले ५ हजार भन्दा बढि दर्शनार्थी आउने बताए । जसमा भारतबाट २ हजार बढि भक्तजनहरु आउने भएका छन् । रामकथा प्रवचनका कारण बुद्ध जन्मस्थल लुम्बिनीका होटलहरु बुक भईसकेका छन् । यस कार्यक्रमले लुम्बिनीको पर्यटन क्षेत्रको बिकास, प्रचार प्रसारमा महत्वपुर्ण योगदान पु¥याएको व्यवसायिको भनाई छ । 

    यसअघि सन २०१९ मा कार्यक्रम गर्ने तयारी भएको थियो ।कोभिडका कारण त्यतिबेला कार्यक्रम गर्न नसकेका कारण अहिले गर्न लागिएको आयोजकले जनाएको छ । प्रवचन कार्यक्रमका लागि संगित र शान्ति परिवार लगायत गरि ५ सय बढि टिम हुने मिश्राले बताए । नौ दिनसम्म चल्ने प्रवचनमा १ करोड भारतिय रुपैया बढि खर्च लाग्ने अनुमान रहेको छ । 

    रामकथा प्रवचनका कारण आन्तरिक र बाह्य पर्यटन विकास हुने अग्रवालले जानकारी दिए । हरेक धर्मको धार्मिक स्थलहरुमा रामकथा प्रवचन दिदै आउनु भएका र १ सय १२ औ कथा प्रवचनको अवसर पारेर लुम्बिनीमा वृक्षारोपण समेत गरिने उनले बताए । 

    ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् ।  अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाण्डौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ । 

    कार्यक्रमलाई सफल बनाउनका लागि स्थानिय पालिकाहरुलाई समेत समन्वय गरिएकाले बताए । आयोजक कृष्ण कुमार जलानीले बापु फरक प्रकृतिको भएको बताए । आत्मसन्तुष्टि मुख्य हो, बुद्ध जन्मस्थलमा गरिने प्रवचनबाट लुम्बिनीको विकासमा महत्वपूर्ण हुने उनले बताए । पवित्रस्थलको भाईबे्रसन ल्याउने मुख्य उदेश्य हो । सत्य, प्रेस र करुणा ३ मुख्य उदेश्यमा रहेर बापु निरन्तर सेवाभावना दिदै आएको आयोजक समितिका विकास केडियाले उल्लेख गरे । उनले सबैको सहयोगमा कार्यक्रम सफल हुने बताए । 

    कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावसर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । उनले कार्यक्रममा सहभागि हुनका लागि गुरु मोरारी बापु यही माघ २० गते भारतबाट चार्टर्ड विमान मार्फत सिधै गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल, भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको कथा आयोजक कृष्णकुमार जालानले जानकारी दिए । यस अघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij