२०८३, बैशाख १९ गते

May 02 2026 | २०८३, बैशाख १९ गते

मातहतका कार्यालयहरूद्वारा प्रधानमन्त्रीसमक्ष ब्रिफिङ

बुधवार , माघ ११, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ११ माघ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिएका छन् । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बुधबार प्रधानमन्त्रीले आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिएका हुन् ।  ब्रिफिङमा राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी, राष्ट्रिय सतर्कता केन्द्रका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्ट, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, राजश्व अनुसन्धान विभागका महानिर्देशक मदन दाहाल, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले आ-आफ्नो कार्यालयकाबारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका  थिए । 

    ब्रिफिङमा कार्यालय प्रमुखहरूले आफ्नो मातहतका कार्यालयहरूको नीतिगत कार्यादेश, प्रगति अवस्था, गरिएका पहलहरू, कार्यालयका समस्याहरू र आगामी दिनमा चाल्नुपर्ने कदमबारे सुझाव प्रस्तुत गरेका हुन् । 

    प्रधानमन्त्रीले अर्को दिन बाँकी कार्यालय प्रमुखहरूको ब्रिफिङ सुनिसकेपछि निर्देशनात्मक मन्तव्य राख्ने उनकाे सचिवालयले जानकारी दिएकाे छ  ।