images

बिहिवार, बैशाख १३ गते २०८१

अन्तर्राष्ट्रिय उडान स्थगित भएकोप्रति मुख्यमन्त्री गिरीको चासो

अन्तर्राष्ट्रिय उडान स्थगित भएकोप्रति मुख्यमन्त्री गिरीको चासो

images
images
images
बुधवार, माघ ११ २०७९
बुधवार, माघ ११ २०७९
  • अन्तर्राष्ट्रिय उडान स्थगित भएकोप्रति मुख्यमन्त्री गिरीको चासो
    तस्विर सौजन्य : अमृत गिरी

    भैरहवा, ११ माघ ।
    विगत ६ सातादेखि अन्तर्राष्ट्रिय उडान स्थगित भएको विषयमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफनो ध्यानाकर्षण भएको बताएका छन् ।

    images

    मंगलबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री गिरीले प्रदेश सरकारको गौरवको विषय रहेको यो विमानस्थलबाट अहिले अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएको विषय आफूलाई जानकारी भएको र यो विषयमा केन्द्रिय तहमा पनि अवगत गराएको बताए ।

    ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्थाका विषयमा प्रधानमन्त्री लगायत माननीयहरु सबैलाई जानकारी गराएको छु । आशा छ छिट्टै नै अन्तर्राष्ट्रिय उडानहरु पुनः सुचारु हुनेछ, ’मुख्यमन्त्री गिरीले भने ।

    यो विमानस्थल प्रदेशकै गहना भएकाले यहाँबाट निर्वाध रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सुचारु हुने उनको भनाइ थियो । अन्तर्राष्ट्रियसँगै राष्ट्रियमा अहिले भैरहवा–काठमाण्डौ, भैरहवा–पोखरा उडान भइरहेकोमा पुर्वमा विराटनगर र पश्चिममा नेपालगंज, धनगढीसम्म सेवा विस्तार गर्नुपर्नेमा उनले जोड दिए  । 

    निजी विमान सेवा कम्पनीले भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गरे पनि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवाले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानमा चासो नदिनु दुःखद पक्ष रहेकोले तत्काल यो विषयमा ध्यानाकर्षण गर्न पर्यटन व्यवसायीले मुख्यमन्त्री गिरीसँग आग्रह गरेका छन् । सो क्रममा मुख्यमन्त्री गिरीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख ई. प्रवेश अधिकारीसँग विभिन्न जानकारी लिएका थिए ।

    कम प्रकाशमा पनि उडान तथा अवतरण गर्न मिल्ने प्रविधि आइएलएस(इन्सटुमेन्टल लेन्डिंग सिष्टम) जडान भएर पनि सञ्चालन हुन नसक्दा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विगत ६ सातादेखि हुन सकेको छ्रन् ।
    आईएलएस सञ्चालन गर्दा त्यसको तरंग (वेभ) ले भारतीय भुभाग समेत छुने भएकोले भारतको अनुमति नहुँदा आईएलएस सञ्चालनमा आउन नसकेको हो । सरकारीस्तरबाट लामो समय हुँदा पनि आईएलएस सञ्चालनका लागि आवश्यक सहमति भारतसँग जुटाउन नसक्दा समस्या बढदै गएको हो ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुवेतको जजिरा एअरवेजले नियमित उडान र हिमालयन एअरलाईन्सले चार्टर उडान भर्दै आएको थियो । जजिराले गत जेठ २ गतेबाट कुबेतमा नियिमत उडान गर्दै आएकोमा पुस ३ गतेदेखि उडान स्थगित गरेको छ ।

    फरक प्रसंगमा मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकार विस्तार नहुनुमा राजनीतिक कारण भन्दा पनि नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश संसदीय दलका नेता जोख बहादुर महराको आमाको मृत्युले उहाँ क्रियामा रहेकाले क्रिया सकिनेबित्तिकै सरकार विस्तार कार्य अघि बढने जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij