images

बिहिवार, बैशाख ६ गते २०८१

धार्मिक पर्यटनको विशेष महत्व छ : मुख्यमन्त्री गिरी

धार्मिक पर्यटनको विशेष महत्व छ : मुख्यमन्त्री गिरी

images
images
images
मंगलवार, माघ १० २०७९
मंगलवार, माघ १० २०७९
  • धार्मिक पर्यटनको विशेष महत्व छ : मुख्यमन्त्री गिरी

    भैरहवा, १० माघ ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले धार्मिक पर्यटनको विशेष महत्व रहेको बताएका छन् । उनले लुम्बिनी प्रदेशका धार्मिक पीठहरु पर्यटकका आकर्षक गन्तव्य भएको बताए । 

    images
    images
    images

    रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ स्थित डण्डा नदीको किनार (ठूलो बालापुर) मा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा मंगलबार बोल्दै मुख्यमन्त्री गिरीले सरकारले धार्मिक पर्यटनलाई विशेष महत्वका साथ अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

    नेपालका प्रथम जगदगुरु बालसन्त मोहन शरण देवाचार्य महाराजको पहलमा भैरहवामा जगद्गुरुपीठ निर्माणको लागि आयोजित महायज्ञमा बोल्दै मुख्यमन्त्री गिरीले भने, ‘जगदगुरुको पीठको निर्माणले धार्मिक पर्यटनमा थप टेवा दिनेछ । समाजमा रहेका विकृति हटाउन र सिंगो देशबासीलाई सतमार्गमा हिडाउन सनातन धर्मको जरुरी छ । ’उनले नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन पनि धार्मिक कार्य जरुरी रहेको बताए । मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेश सरकारले जगदगुरुको पीठ निर्माणको लागि सक्दो सहयोग गर्ने समेत बताए । 

    सो अवसरमा जगद्गुरु बालसन्त मोहन शरण देवाचार्य महाराजले मुख्यमन्त्रीलाई अभिनन्दन समेत गरेका थिए ।
    सुनसरीको चतराधाममा वि.सं. २०५९ सालमा महाकुम्भ मेला प्रारम्भ गरी धार्मिक, साँस्कृतिक र वेदका आधारमा विश्व माझ नेपालमा कुम्भ मेला स्थापित गराउन सफल महाराजले भैरहवामा जगदगुरु दक्षिणपीठको स्थापना गर्न लागेको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताए ।

    पुर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौथो भैरहवा पीठ स्थापना हुने चरणमा रहेको बताइएको छ । यो पीठ जगदगुरुको अन्तिम पीठ पनि भएको महायज्ञ आयोजक समितिका सदस्य कमल रायमाझीले बताए ।

    भैरहवामा पीठ स्थापनाका लागि यही माघ ४ देखि १२ गतेसम्म पीठको निर्माणस्थल रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं. ४ बसन्तपुर डण्डा नदीको तटमा (वन कार्यालय अगाडि ) श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ भइरहेको छ ।

    महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादव शरण गड्तौलाका मुखाविन्दबाट पाठ—पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्धारी, लुम्बिनी लगायत नेपालका धार्मिक स्थल दर्शन गर्न आउने लाखौ भारतीय भक्तजनलाई निःशुल्क आवास र खानाको सुबिधा सहित भैरहवा पीठ सञ्चालन हुने महायज्ञ सञ्चालन समितिका संयोजक महायज्ञ मूल आयोजक समितिका उपाध्यक्ष तथा नवदुर्गा मन्दिरका अध्यक्ष लक्ष्मण पन्थीले जानकारी दिए ।

    चार पीठको स्थापनासँगै जगद्गुरुका विभिन्न स्थानहरु, चतराधाम, जगद्गुरु आश्रम शंखमूल र शारदा पीठमा जगद्गुरुकुलम् सञ्चालनमा रहेका छन् । जहाँ नेपाली धर्म, संस्कृति र परम्पराको ज्ञान दिनुका साथै नेपाली मन मस्तिष्कमा धार्मिक भावना, साँस्कृतिक चेतना, कर्तव्यबोध, नैतिकता, सौन्दर्यबोध, शीलस्वभाव र सदाचारको शिक्षा ज्ञान जगदगुरुकुलमा प्रदान गरिने गरेको छ ।

    ‘जननी जन्म भुमिश्च स्वर्गादपी गरीयसी’लाई ह्रदयंगम गदै राष्ट्रिय भावनाको जागरणका निम्ति महाकाली नदी किनारामा अष्टधातु जडित नेपाल आमाको ७५ फिट अग्लो मूर्ति जगदगुरु महाराजश्रीको पहलमा निर्माण भइरहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij