२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

विमानस्थलबाट भारतीय रुपैयाँसहित इटालियन नागरिक पक्राउ

मंगलवार , माघ १०, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, १० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक इटालियन नागरिक भारतीय रुपैयाँसहित पक्राउ परेका छन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ लाख १४ हजार भारतीय रुपैयाँसहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई सोमबार पक्राउ गरेको प्रहरीले मंगलबार जानकारी दिएको छ । 

    ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको २ लाख १४ हजार भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । 

    उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।