
आइतवार , माघ ८, २०७९
भैरहवा, ८ माघ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रूपन्देहीको आयोजनामा कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य, युवा नेता प्रदिप पौडेलसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आइतबार भैरहवामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नेता पौडेलले राजनीतिमा उतार–चढाव स्वभाविक भएकोले वर्तमान परिवेशलाई कांग्रेस कार्यकर्ताहरुले सहज रुपमा लिनुपर्ने बताए । उनले कांग्रेस सत्ताबाट बाहिर रहँदा सत्ताको जोड–घटाउमा नलागि संगठनलाई कसरी बलियो बनाउने भन्ने दिशामा लाग्नुपर्ने बताए । उनले भने, ‘पार्टी संगठनलाई बलियो बनाउने काममा लाग्दा आम कार्यकर्तामा पनि उत्साह बढ्छ ।’
कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङको सभापतित्व तथा पार्टीका केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कांग्रेसका रुपन्देही जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, प्रदेशसभा सदस्य देवी प्रसाद चौधरी, महासमिति सदस्य विना न्यौपाने, कांग्रेस शुद्धोधन गाउँपालिका सभापति दामोदर पौडेल, पूर्व जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, कांग्रेस सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला सचिव हरि काफ्ले, महासमिति सदस्य लक्ष्मण सुवेदी, सुर्यनारायण यादव, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, अनिता कुमारी यादव, प्रदेश उपसभापति गोविन्द बस्याल, नगर उपसभापति किरण घिमिरे, नगर सचिव अनिल केसी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कांग्रेस क्षेत्रीय प्रतिनिधि पशुपति न्यौपाने, प्रदेश कोषाध्यक्ष दीपक कुँवर, पूर्व महासमिति सदस्य दल बहादुर वि.क., सिद्धार्थनगर–७ का सचिव टिकाराम भुसाल तथा सिद्धार्थनगर–१३ का सभापति प्रकाश बहादुर सिंह खड्काले अब कांग्रेसलाई असफलताहरुबाट शिक्षा लिदैं एकढिक्का बनाएर अघि बढ्नुपर्ने बताए । क्षेत्रीय कोषाध्यक्ष कृष्ण खनालको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij