२०८२, चैत्र २६ गते

Apr 09 2026 | २०८२, चैत्र २६ गते

कठ्यांग्रिएर २५ जनाको मृत्यु

शनिवार , माघ ७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काबुल । बढ्दो चिसोसँगै निरन्तर हिमपातपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुलप्रान्तमा कम्तीमा २५ जनाको मृत्यु भएको छ ।

    जाज्जानप्रान्तको खमाब, खानका र आक्चा जिल्लामा विगत दुई दिनदेखि भारी हिमपातहुँदा कठ्यांग्रिएर चार बालबालिकासहित १८ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी चिसोसँगै हिमपातले सारी पुलप्रान्तमा बालबालिका र महिलासहित सात जनाको मृत्यु भएको छ ।

    तालिबानले सत्ता कब्जा गरेपछि दातृ निकायले अफगानिस्तानलाई प्रदान गर्दै आएको सहयोग रोक्का गरेका छन, जसका कारण अधिकांश अफगानी मानवीय संकटको चपेटामा परेका छन् ।