२०८२, श्रावण ३१ गते

Aug 16 2025 | २०८२, श्रावण ३१ गते

सभामुखमा देवराज घिमिरे निर्वाचित

बिहिवार , माघ ५, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, ५ माघ । सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा भएको निर्वाचनमा सत्तारुढ दलका उम्मेदवार घिमिरे सभामुख पदमा निर्वाचित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए । 

    सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । तर, घिमिरेकाे पक्षमा १६७ मत परेकाे छ भने विपक्षमा १०० मात्र मत परेकाे छ ।  साथै मत दिन्न भन्नेमा १ मत परेको छ । 

    १७६ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको ज्येष्ठ सदस्य राणाले जानकारी दिए । 

    घिमिरेको पक्षमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थन थियो ।