images
images

सोमवार, जेठ ७ गते २०८१

रिभर साइड हाफ म्याराथनको विजेता बने सुमन, २५ मिनेटमा दुरी पार

रिभर साइड हाफ म्याराथनको विजेता बने सुमन, २५ मिनेटमा दुरी पार

images
images
images
शुक्रवार, पौष २९ २०७९
शुक्रवार, पौष २९ २०७९
  • रिभर साइड हाफ म्याराथनको विजेता बने सुमन, २५ मिनेटमा दुरी पार

    तिलोत्तमा, २९ पुस ।
    सामाजिक सेवामा अग्रसर रिभर साइड युथ क्लबले ‘छैठौं रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव–२०७९’ को अवसरमा बिहीबार हाफ म्याराथन कार्यक्रम सम्पन्न गरेको छ । उक्त रिभर साइड हाफ म्याराथनमा २५ मिनेटमा दुरी पार गर्दै १० नम्बर नयाँमिल निवासी सुमन परियारले उपाधि जितेका छन् । 

    images
    images
    images

    २५ जना सहभागी भएको म्याराथनमा धावक सुमनले २५ मिनेटमा मणिग्राम चोकदेखि गोरकट्टा क्लब मैदानसम्मको दुरी पास गरेका क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले जानकारी दिए । हाफ म्याराथनको पहिलो स्थान सुमन नेपालीले ओगटे भने दोस्रो स्थानमा रोजिन दर्लामी, तेस्रो स्थानमा समिर नेपालीले सो दुरी सम्मको म्याराथन सम्पन्न गरे । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित म्याराथनको आयोजना गरिएको क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक थापाले बताए । क्लबले गरेका हरेक गतिविधिमा स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेकोमा उनले धन्यवाद ज्ञापन गरेका थिए । 

    कार्यक्रमका प्रमुख अतिथि प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारालाई साकार बनाउन क्लबले खेलेको भूमिकाको प्रशंसा गर्दै क्लबलाई आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले विजेता तथा दोस्रो र तेस्रो आउने धावकहरुलाई बधाई ज्ञापन गर्दै युवाहरुको खेलकुदमा रुचि बढाउन प्रदेश सरकारले समेत आकर्षक योजना बनाएको बताए । उनले समाजमा रहेर युवाहरुको सक्रियतामा सामाजिक सेवा र खेलकुदको माध्यमबाट युवायुवतीहरुलाई सहभागी हुन गर्न प्रेरित गरेकोमा क्लबलाई धन्यबाद समेत व्यक्त गरे । 

    सो अवसरमा बोल्दै क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले हाफ म्याराथनमा भौतिक तथा आर्थिक सहयोग गर्ने स्थानीय सबै सहयोगी एवं आमा समूह तथा जनप्रतिनिधिहरुमा धन्यवाद ज्ञापन गर्दै ‘छैठौं रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव–२०७९’ को अवसरमा क्लबले गर्न लागेको सबै कार्यक्रमहरुमा उल्लेख्य सहभागिता र सहयोग रहने अपेक्षा समेत गरे । 

    कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जापान गोजुरियो कराँते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष के.बि. राना, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य नर बहादुर छन्तेल, युवा समाजसेवी जितु थापा लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। 

    क्लबले माघी तथा खेलकुद महोत्सवको अवसर पारेर पुस ३० गते थारु बगिया रुपन्देहीको आयोजनामा अन्तर नगरस्तरीय कराँते प्रतियोगिता र पुस ३० र माघ १ गते बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । 

    छैठौ रिभर साइड माघी मेला तथा प्रथम खेलकुद महोत्सव-२०७९ नाम दिइएको सो मेलाको तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष तथा महोत्सवका संयोजक दिवस थापाले बताए । माघीको दिन र त्यस अघिल्लो दिनलाई भव्य रुपले सजावट गरी मेलास्थलमा बिशेष बनाइने उनको भनाइ छ । सो दिनहरुमा ख्याति प्राप्त कलाकार लोक तथा दोहोरी गायक पशुपति शर्मा, हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खे बा, लोक दोहोरी गायिका मन्जु भट्टराई, ख्यातिप्राप्त डान्सरहरु प्रनिश थापा र आशिका थापासहित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने क्लबले जनाएको छ ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij