
मंगलवार , पौष ७, २०७७
काठमाण्डौ। बिकसित राजनीतिक घटनाक्रमलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठकको आह्वान गरेका छन्।
प्रधानमन्त्री केपी शर्माको ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले प्रतिनिधि सभा बिघटन गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर दुबै पक्षले केन्द्रिय समिति बैठक आब्हान गरेका हुन्। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्न लागेको हो।
दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन्। प्रधानमन्त्री ओलीपक्षको बैठक बिहान ९ बजेका लागि र कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
काठमाण्डौको एक ब्याङ्क्वेटमा दिउँसो १ बजेका लागि बोलाइएको प्रचण्ड–नेपाल पक्षको बैठकले केपी ओलीलाई अनुशासनको कारबाही गर्ने नेताहरुले बताएका छन्। प्रचण्ड–नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनःस्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्नेसमेतको तयारी गरेको एक नेताले जानकारी दिए। यसअघिको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो।
यसैबीच, बहुमतले कारबाही गरे एकता भंगका लागि निर्वाचन आयोगमा पत्राचार गर्ने ओली समूहले तयारी गरेको छ। बैठकमा सहभागी हुन भन्दै उपत्यका बाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाण्डौ आइपुगेका छन्।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएसँगे नेकपाका नेताहरु औपचारिक रुपमै विभाजित भएका छन्। आजको दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानबिन्दु हुने विश्लेषण समेत गरिएको छ।
प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि ओली–प्रचण्ड समूह एकै ठाउँमा बस्नसमेत सकिरहेका छैनन्। दुवै समूहले हिजो आ–आफ्नो पक्षका संघीय सांसदहरुको भेलासमेत गरेका थिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij