२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक’

सोमवार , पौष ६, २०७७

बुटवल, ६ पुस । 
प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष, वरिष्ठ पत्रकार तथा अधिवक्ता बालकृष्ण चापागाईले सोमबार एक प्रेस विज्ञप्ती जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु भएको प्रतिनिधिसभा विघटन नेपालको संविधान अनुसार असंवैधानिक र जनभावनाविपरीत रहेको बताएका छन् ।

विज्ञप्तीमा उनले प्रधानमन्त्री ओलीको  प्रतिनिधिसभा विघटनको कदम मुलुककोे हित, पार्टी कार्यकर्ता  र जनभावनाविपरीत भएको उल्लेख गर्दै यो कदमले नेपाल राष्ट्र, जनता र आफ्नै पार्टी पंक्तिलाई धोका भएको बताए । 

प्रधानमन्त्री ओलीको यो कदमले उनको अपरिपक्व, दम्भ र अहंकारलाई मात्र प्रदर्शित गरेको उल्लेख गर्दै संविधान अनुसार केपी ओलीले आइतबार गर्नुभएको प्रतिनिधिसभा विघटनको सिफारिस अवैध छ र यसलाई सर्वोच्च अदालतले बदर गर्ने सुनिश्चित छ भन्दै विज्ञप्तीमा अधिवक्ता चापागाईंले हरेक समस्याको समाधान संसदबाटै हुनुपर्छ । यसमा कोही पनि  दुविधामा रहनु आवश्यक छैन्, भनेका छन् ।