२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रथम प्रचण्ड थैव स्मृति फुटबल प्रतियोगिताको उपाधि झरनालाई

सोमवार , पौष ६, २०७७

बुटवल, ६ पुस ।
प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ को उपाधि झरना स्पोर्टिङ क्लब कुन्जलापुरले हात पारेको छ । फाइनल प्रतिष्पर्धामा सिद्धार्थ युवा क्लब, चपरहट्टीलाई सडेन डेथमा पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसंगै झरनाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, कप, मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता सिद्धार्थले नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ ।

 सिद्धेश्वर खेलमैदानमा भएको खेलको निर्धारित समयमा बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेलमा सिद्धार्थका सबि गुरुङ बेष्ट फरवाड, झरनाका मनोज श्रेष्ठ बेष्ट डिफेन्स, झरनाका कुशल बिक बेष्ट किपर, झरनाकै निलप्रसाद छन्त्याल बेष्ठ कोचबाट पुरस्कृत भए भने हाई स्कोरर सिद्धार्थका विश्वास थापा र बेष्ट प्लेयर अफ टुनामेन्ट झरनाका अजय थापा घोषित हुँदै माउन्टेन बाइक उपहार पाए ।

एक कार्यक्रमकाबीच स्वर्गीय प्रचण्ड थैवका माता सुकन्या थैव, श्रीमती लक्ष्मी थैव, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, एन्फाका केन्द्रिय सदस्य दिर्घ बहादुर केसी, बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, बुटवल उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष कमल थापा, शिवनगर सामुदायिक वनका अध्यक्ष नारायण बहादुर घिमिरेले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका छन ।

क्लबका अध्यक्ष दिपक गुरुङले ब्यवसायिक खेलाडी उत्पादनमा आफुहरु लागेको बताए । क्लबबाट एकेडेमी स्थापना गरी युवा खेलाडी उत्पादन गर्ने तथा प्रतियोगितालाई गोल्ड कपका रुपमा विकास गर्ने लक्ष्य रहेको उनले बताए ।