२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कांग्रेस रुपन्देहीद्वारा सरकारविरुद्ध भैरहवामा प्रदर्शन

सोमवार , मंसिर २९, २०७७

भैरहवा, २९ मंसिर ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा वर्तमान सरकारविरुद्ध भैरहवामा सोमबार विरोध प्रदर्शन गरिएको छ । सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य क्षेत्रमा अनियमितता, राज्य आतंक, चर्को मुल्य वृद्धि, भ्रष्टाचार, महिला हिंसा, कर वृद्धि र कुशासनविरुद्ध प्रदर्शन गरिएको कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणले बताए ।

भैरहवाको बुद्धचोकबाट निस्केको विरोध र्‍याली नयाँसडक, देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै पुनः बुद्धचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागि कांग्रेसका नेता कार्यकर्ताहरुले सरकार विरोधी नारा लगाएका थिए ।

IMG_8400.JPGसभामा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह, कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, कांग्रेस रुपन्देही उपसभापति सरिता चौधरी, क्षेत्र नम्बर १ का सभापति हिरा बहादुर खत्री र सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले सम्बोधन गरेका थिए ।IMG_8443.JPGIMG_8438.JPGIMG_8448.JPGIMG_8416.JPGIMG_8360.JPG