२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

भण्डारी दम्पत्तिले जिते कोरोना 

आइतवार , मंसिर २८, २०७७

भैरहवा, २८ मंसिर । 
भैरहवा भन्सार कार्यालय, बेलहिया रुपन्देहीका भन्सार अधिकृत नारायण प्रसाद भण्डारी दम्पत्तिको पिसीआर रिर्पोट नेगेटिभ आएको छ । यही २८ गते बुटवल प्रादेशिक अस्पतालमा पीसीआर परिक्षण गर्दा दुई जनाको रिपोर्ट नेगेटिभ आएको भण्डारीले बताए ।

यही मंसिर १५ गते पीसीआरको परीक्षणको लागि स्वाव दिएका भण्डारी र उनकी श्रीमती बिन्दु सुवेदीको रिर्पोट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । भण्डारी हाल नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य तथा सिर्जनशील साहित्यिक समाज (सिसास) का पूर्व अध्यक्ष तथा सल्लाहकार समेत हुन् ।