
आइतवार , मंसिर २८, २०७७
बुटवल, २८ मंसिर ।
आयोजक सौभाग्य युवा क्लब बुटवलमा जारी प्रथम प्रचण्ड थैव स्मृति नकआउट फुटबल प्रतियोगिता २०७७ को सेमीफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा विजयी हुँदै आयोजक सौभाग्य युवा क्लब ए अन्तिम चारमा स्थान बनाएको छ । क्वाटरफाइनल खेलमा सराई एफसी पाल्पालाई २–० गोलले पराजित गर्दै सौभाग्य सेमीफाइनलमा प्रवेश गरेको हो ।
सिद्धेश्वर खेल मैदानमा भएको खेलको छैटौ मिनेटमा सौभाग्यका यम रानाले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । सौभाग्यकै आशिष श्रेष्ठले खेलको २९ औ मिनेटमा अर्को गोल गरेका थिए । खेलमा सौभाग्यका आर एम मल्ल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
सोमबार जनज्योती युवा क्लब डिगरनगर र केरवानी स्पोर्ट्स क्लब ढेकारबीच खेल हुने प्रचार संयोजक कृष्ण कुमालले बताए । प्रतियोगिताको उपाधि विजेतालाई नगद ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक चक्र खड्काले बताए । त्यस्तै उपविजेता टिमलाई नगद २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिनेछ । त्यसै गरी प्रतियोगितामा विधागत रुपमा खेलाडीहरुलाई समेत पुरस्कृत गरिनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij