images
images

आइतवार, जेठ ६ गते २०८१

कांग्रेसले भैरहवामा गर्ने प्रदर्शनको तयारी पुरा, सुरेन्द्र पाण्डे र भरत शाहले सम्बोधन गर्ने

कांग्रेसले भैरहवामा गर्ने प्रदर्शनको तयारी पुरा, सुरेन्द्र पाण्डे र भरत शाहले सम्बोधन गर्ने

images
images
images
आइतवार, मंसिर २८ २०७७
आइतवार, मंसिर २८ २०७७
  • कांग्रेसले भैरहवामा गर्ने प्रदर्शनको तयारी पुरा, सुरेन्द्र पाण्डे र भरत शाहले सम्बोधन गर्ने

    बुटवल । नेपाली कांग्रेसको केन्द्रिय कार्यक्रम अनुशार मंसिर २९ गते हुने प्रदर्शनको रुपन्देहीमा पनि तयारी पुरा भएको छ ।रुपन्देहीको सदरमुकाम भैरहवामा हुने प्रदर्शनका लागि आवश्यक सबै तयारी पुरा भएको जिल्ला सभापती अब्दुल रज्जाकले जानकारी दिए ।

    images
    images
    images

    भैरहवाका विभिन्न स्थानको परिक्रमा पछि सभामा परिणत हुने प्रदर्शनलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विरोध सभालाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापती तथा नेपाली कांग्रेसका नेता भरत शाहले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  

    केन्द्रिय नेताहरु आइृतबार नै रुपन्देही आईपुगेको सभापती रज्जाकले जानकारी दिए । विहान ११ बजेबाट शुरु हुने कार्यक्रममा नेपाली कांग्रेसका १६ वटै स्थानिय तहवाट विरोध जुलुस सहित कार्यकर्ताहरु भैरहवामा आउने बताईएको छ ।

    nca.jpg

    वर्तमान सरकारले गरेको भ्रष्टाचार, अधिनायकवाद र जनताको भावनाविपरितका कामको भण्डाफोर गर्दै कांग्रेसले प्रदर्शन गर्न लागेको हो ।  लुम्बिनी प्रदेशको मुकाम रहेको रुपन्देहीमा हुने प्रर्दशनलाई निकै शशक्त बनाउन भन्दै प्रत्येक वडा सम्म भेला र वैठक गरिएको कांग्रेसका जिल्ला सचिव रामकृष्ण खांणले बताए ।

    अनिवार्य मास्क प्रयोग गर्दै विरोध प्रर्दशन गर्न कांग्रेस रुपन्देहीले कार्यकर्ताहरुलाई सर्कुलर गरेको छ । वर्तमान सरकारका विरद्धमा राजावादीहरुले समेत प्रर्दशन गरिरहेकमा वेला नेपाली कांग्रेसको प्रर्दशनलाई पनि विशेष महत्वका साथमा हेरिएको छ । साथै प्रर्दशनको पुर्वसन्ध्यामा आइतवार नेपाल विद्यार्थीसंघले विरोध प्रर्दशनको आयोजना गरेको छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij