images

आइतवार, बैशाख २३ गते २०८१

जेष्ठ नागरिक दिवस : शान्ति समाजद्वारा वृद्ध आश्रममा खाद्यान्न प्रदान

जेष्ठ नागरिक दिवस : शान्ति समाजद्वारा वृद्ध आश्रममा खाद्यान्न प्रदान

images
images
images
आइतवार, आश्विन १६ २०७९
आइतवार, आश्विन १६ २०७९
  • जेष्ठ नागरिक दिवस : शान्ति समाजद्वारा वृद्ध आश्रममा खाद्यान्न प्रदान

    बुटवल, १६ असोज । 
    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा बुटवल उपमहानगरपालिका–२ पाखापानीस्थित वृद्धाश्रममा खाद्यान्न प्रदान गरिएको छ । मानव जीवनको उत्तराद्र्धमा पुगेका नागरिकलाई परिवार तथा समाजमा उचित सम्मान र गौरवपूर्ण आत्मबोधका साथ जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित गरियोस् भन्ने नाराका साथ शान्ति समाज रुपन्देहीले कार्यक्रम आयोजना गरेको सभापति कृष्ण भट्टराईले बताए ।

    images
    images
    images

    मुलुकमा मानव अधिकार, शान्ति, अहिंसा र लोकतन्त्रको सबलीकरणका साथै समाजमा मानवीय मूल्य र मान्यता स्थापित गर्ने सवालमा अविछिन्न अभियान र आन्दोलनहरु सञ्चालन गर्दै आएको शान्ति समाजले मानव जीवनका अनुभवका खानीका रुपमा रहेका जेष्ठ नागरिकलाई उचित सम्मानजनक व्यवहारको आवश्यकता औंल्याउदै आएको छ । संरक्षण अभाव लगायतका विभिन्न कारणबाट परिवार र समाजबाट अलग्गिनु र एक्लिनु परेका जेष्ठ नागरिकलाई राज्यले संरक्षण र पालनपोषणको व्यवस्था गर्नुपर्ने समाजका सभापति गोविन्द खनालले बताए ।

    हरेक जेष्ठ नागरिकले परिवारमा आत्मसम्मान बोध गर्ने वातावरण हुनुपर्ने, स्वास्थ्य र मनोरञ्जनको यथेष्ट प्रबन्ध हुनुपर्ने र सहयोगापेक्षी जेष्ठ नागरिकलाई सरकारले सम्पूर्ण जिम्मेवारी लिइ सम्मानित जीवनयापनको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको सभापति खनालको भनाइ छ । सो अवसरमा रुपन्देही मिष्ठान्न तथा क्याटेरिङ्ग व्यवसायी संघका अध्यक्ष लक्ष्मण पोखरेलले समाजका मुख्य पात्रका रुपमा रहेका जेष्ठ नागरिकले जीवनको उत्तराद्र्धमा आएर उचित सम्मान र व्यवहार नपाउन दुःखको कुरा भएको उल्लेख गरे । 

    सो अवसरमा समाजका केन्द्रिय सचिव मीना भट्टराई ढकाल, जिल्ला समितिका पूर्व सभापतिहरु लालहरी पाण्डे, हरिश ढकाल, डिपी खनाल, सचिव कृष्ण पाण्डे, कोषाध्यक्ष लिलाधर लुईटेल लगायतले आश्रममा रहेका जेष्ठ नागरिकहरुको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै निजी क्षेत्रका महानुभावहरुको प्रयासबाट भएको पाका पुस्ताको संरक्षणको अभियान सराहनीय भएको र सबैले सहयोग पुर्याउनुपर्ने धारणा व्यक्त गरेका थिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij