images

बिहिवार, चैत्र १५ गते २०८०

फूलैफूलको लुम्बिनी प्रदेश बनाउँछौ : लुफ्यान अध्यक्ष पाण्डेय

फूलैफूलको लुम्बिनी प्रदेश बनाउँछौ : लुफ्यान अध्यक्ष पाण्डेय

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • फूलैफूलको लुम्बिनी प्रदेश बनाउँछौ : लुफ्यान अध्यक्ष पाण्डेय

    बुटवल, ७ असोज । 
    लुम्बिनी प्रदेशलाई फूलैफूलको प्रदेश बनाउन सकिने एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । प्रदेशमा फूल खेतीको सम्भावना र राम्रो उत्पादन हुने भएकाले फूलैफूलको प्रदेश बनाउन सकिने लुम्बिनी फ्लोरीकल्चर एशोसिएसन अफ नेपाल (लुफ्यान) को प्रथम साधारणसभा तथा अधिवेशनमा बोल्ने वक्ताहरुले बताएका हुन । 

    images
    images
    images

    रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजना गरिएको कार्यक्रममा लुफ्यानका अध्यक्ष रमेश पाण्डेयले हिमालदेखि तराईसम्म फैलिएको लुम्बिनी प्रदेशमा फूल खेतीको सम्भावना राम्रो भएको बताउँदै लुम्बिनीमा फुल्ने फूलहरुलाई विदेशमा समेत बेच्न सकिने सम्भावना रहेको बताए । लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर बन्दै गएको बताउँदै उनले फूल खेतीतर्फ किसानको आर्कषण बढ्दै गएको बताए । लुफ्यानले फूल उत्पादन गर्ने किसानको हकहितमा काम गर्दै घरघरमा कौसी खेतीको विस्तार गरिने पाण्डेयको भनाई छ । 

    लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त सचिव अनिल मरासिनीले प्रदेशलाई फूल उत्पादनमा आत्मनिर्भर बनाउनको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए ।  फूल खेती आयआर्जनको राम्रो माध्यम बन्दै गएको बताउँदै उनले यसबाट वातावरणमा सौन्र्दयकरणमा समेत योगदान रहेको चर्चा गरे ।  फूल खेती व्यवसायीलाई पर्यटन र मौरीपालनसँग जोड्न सकिने सम्भावना रहेको मरासिनीले बताए । 

    त्यस्तै कृषि विकास निर्देशनालयका निर्देशक रामप्रसाद पाण्डेयले कृषि क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आयामबाट सहयोग हुँदै आए पनि लगानी अनुसारको उपलब्धि हासिल हुन नसेकोमा चिन्ता व्यक्त गरे । 

    पछिल्लो समय पुष्पखेतीतर्फ किसानको आर्कषण बढ्दै गएको बताउँदै  उनले पुष्प खेती आर्थिकसँगै प्राकृतिक सौन्दर्यकरणमा समेत योगदान रहेको चर्चा गरे । त्यस्तै कार्यक्रममा कृषि अधिकृत दयाराम बस्याल, जनप्रतिनिधि डायमण्ड गिरी, निर्वाचन संयोजक टिकानिधि गौतमले बोलेका थिए । 

    लुफ्यानको अध्यक्षमा पुनः पाण्डेय

    यस्तै प्रथम अधिवेशनबाट पुनः रमेश पाण्डेयको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा सरस्वती लामिछाने पौडेल, महासचिवमा चन्द्र प्रसाद भट्टराई, सचिवमा सावित्रा भण्डारी र कोषाध्यक्षमा नविना भण्डारी चयन भएका छन । त्यस्तै सदस्यहरुमा मीना पाण्डेय, विमला खनाल, सरुमल्ल न्यौपाने, चेत नारायण अर्याल, ज्ञानेन्द्र पौडेल, मायादेवी भट्टराई चयन भएको निर्वाचन  संयोजक टिकानिधि गौतमले जानकारी दिए ।  

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij