images

शुक्रवार, चैत्र १६ गते २०८०

लायन्स सिद्धार्थनगर टुलिपको आयोजनामा रक्तदान

लायन्स सिद्धार्थनगर टुलिपको आयोजनामा रक्तदान

images
images
images
बुधवार, आश्विन ५ २०७९
बुधवार, आश्विन ५ २०७९
  • लायन्स सिद्धार्थनगर टुलिपको आयोजनामा रक्तदान

    भैरहवा, ५ असोज ।
    लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको आयोजनामा मंगलबार भैरहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर–४ स्थित श्री राम जानकी हनुमान मन्दिरमा रक्तदान कार्यक्रम गरिएको कार्यक्रम संयोजक शारदा देवी रेग्मीले बताइन् । कार्यक्रममा १५ युनिट रगत संकलन भएको क्लबकी वर्ष २०२२/२३ की अध्यक्ष निर्मला श्रेष्ठले बताइन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स पूर्व डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले स्थापनाकालदेखि नै लायन्स सिद्धार्थनगर टुलिपले रचनात्मक कार्य गर्दै आएको बताए ।

    कार्यक्रममा एरिया चिफ संगम न्यौपाने, डिष्ट्रिक एडभाइजर रुपमा हिराचन, रिजन चेयरपर्सन रचना क्षेत्री, जोन चेयरपर्सन राजेन्द्र थापा लगायतको आतिथ्यता रहेको थियो ।

    लायन्स सिद्धार्थनगर टुलिप वर्ष २०२२/२३ की अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षता, कार्यक्रम संयोजक शारदा देवी भुसालको स्वागत तथा सचिव पवित्रा पछाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij