२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

गैंडाको खाग तस्कर र प्रहरीबीच झडप, गोली लागि एकजना घाईते 

आइतवार , मंसिर २१, २०७७

बुटवल, २१ मंसिर । बुटवलको सुख्खानगरस्थित कलश होटलमा गैंडाको  खाग तस्कर र प्रहरीबिच झडप हुदा एकजना घाईते भएका छन ।

शुक्रचोकबाट पूर्वतर्फ जाने सडकमा रहेको उक्त होटेलमा झडप हुदा प्रहरीको गोली लागि राकेश न्यौपाने नाम गरेका व्यक्ति घाईते भएको र उनको भैरहवास्थित युनिभर्सल मेडिकल केजलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

चिउडोमा गोली लागि घाईते भएका राकेश न्यौपानेलाई शुरुमा उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । चिकित्सकको सल्लाह अनुसार थप उपचारको लागि उनलाई युनिभर्सल मेडिकल केजल भैरहवा रिफर गरिएको प्रहरीको भनाई छ ।

गैडाको खाग तस्करीमा संलग्न व्यक्तिहरु बसेको सूचनाको आधारमा प्रहरीले त्यस होटलमा छापा मार्ने क्रममा प्रहरीको पेस्टोल खोसेर प्रहरीलाई नै प्रहार गर्न खोज्दा ति व्यक्तिलाई गोली लागेर आफै घाईते भएको प्रहरीले जनाएको छ ।

उक्त होटलमा बसेका अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै अर्का एकजना भने भागेको बताईएको छ । उनीहरु बसेको कोठाबाट प्रहरीले गैठाको खाग समेत बरामद गरेको छ ।