शुक्रवार, आश्विन ५ गते २०८०

मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय

मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय

images
images

खबर पात्रो

८, भाद्र २०७९
  • 1.4K
    SHARES
  • मलेसियाका पूर्वप्रधानमन्त्री रजकलाई १२ वर्ष जेल सजाय

    क्वालालम्पुर  । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ  उच्च अदालतले उनको अपील अस्विकार गरेपछि रजकलाई जेल चलान गरिएको हो ।

    सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलोपमेन्ट बरहाड (वानएमडीबी) दुरुपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो ।

    images
    images

    उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए । उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ । आफूले कुनै गलत कार्य नगरेको उनले निरन्तर बताउँदै आएका छन् । 

    सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सातवटा अभियोगमा दोषी पाएको थियो । मुद्दाको केन्द्रमा ४ करोड २० लाख रिङ्गिट रकम थियो जुन एसआरसी इन्टरन्यासनलबाट उनका व्यक्तिगत खातामा पठाइएको थियो। एजेन्सी

    images
    प्रकाशित मिति :भाद्र ८, २०७९ बुधवार - ०६:४२:५५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij