२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

बिहिवार , भाद्र २, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौं, २ भदौ । संघीय संसद् भवनमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

    बिहीबार प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठकले आजको प्रतिनिधिसभामा पेस हुने कार्यसूची तय गर्नेछ । संसद्ले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक पेस हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रतिनिधिसभामा पेस गर्ने र आजै प्रतिनिधिसभाले पास गर्ने सरकारको तयारी छ ।  प्रमुख प्रतिपक्षी दल एमालेले भने नागरिकता विधेयकमा सामान्य संशोधन गर्नुपर्ने बताएको छ । त्यसका लागि छलफल हुनुपर्ने उसको माग छ ।

    तर, सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको विधेयक हुबहु पास गरेर फेरि प्रमाणीकरणका लागि पठाउने निर्णय गरेका छन् । न्युज कारखाना