२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

जनमत नेता यादवले भने : पार्टीले जिम्मेवारी दिए रुपन्देही–४ बाट चुनाव लड्छु

सोमवार , श्रावण २३, २०७९

  • 6.7K
    Shares
  • 6.7K
    Shares
  • भैरहवा, २३ साउन । जनमत पार्टीका नेता भोपेन्द्र प्रसाद यादवले पार्टीले जिम्मेवारी दिए आफू रुपन्देही क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न तयार भएको बताएका छन् । उनले पार्टीको निर्णय सर्वमान्य भएकाले पार्टीले आफूलाई प्रबल उम्मेदवारको रुपमा अघि सारेको बताए ।

    पार्टीले मौका दिए निर्वाचन लड्न तयार रहेको उनको भनाइ छ । खबरपात्रोसँग कुराकानी गर्दै पार्टीका केन्द्रीय सचिव समेत रहेका यादवले भने, ‘म उम्मेदवार बन्ने निश्चित भइसकेको होइन म भन्दा बलियो उम्मेदवारको खोजी गर्दैछौं, अन्ततः पार्टीले जिम्मेवारी दियो भने पछि हट्नेछैन ।’

    आइतबार जनमत पार्टी जिल्लाको चुनावी रणनीति तथा उम्मेदवार छनौटका लागि भैरहवामा बसेको बैठकमा जिल्लाका प्रमुख नेताहरुले क्षेत्र नम्बर ४ बाट यादवको उम्मेदवारीलाई सर्वसम्मत समर्थन गरेका छन् । जिल्ला नेताहरुको प्रस्तावप्रति केन्द्रीय अध्यक्ष डा. सी.के. राउत सकारात्मक रहेको पार्टीका केन्द्रीय सदस्य रामकेश गुप्ताले बताए ।