२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

बुढीगंगा प्रमुख र उपप्रमुखमा एमाले निर्वाचित 

आइतवार , आषाढ २६, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • बाजुरा, २६ असार ।

    बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

    स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार  मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । 

    एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि  पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् । 

    यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । न्युज कारखाना