२०८३, आश्विन ५ गते

Sep 21 2026 | २०८३, आश्विन ५ गते

सामूहिक विद्यालय परिवारको आयोजनामा लेखा व्यवस्थापन तालिम

आइतवार , आषाढ २६, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २६ असार । 
    सामूहिक विद्यालय परिवार, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा एकदिने लेखा व्यवस्थापनसम्बन्धि तालिम सम्पन्न भएको छ । तालिममा लेखा, कर र लेखापरीक्षण सम्बन्धमा जानकारी गराइएको कार्यक्रम संयोजक बसन्त पाण्डेले बताए ।

    सामूहिक विद्यालय परिवार अन्तर्गत रहेका विद्यालयका प्राचार्य तथा लेखापालहरुका लागि तालिम आयोजना गरिएको परिवारका अध्यक्ष उदय कुमार मल्लिकले बताए । तालिममा चार्टर एकाउण्टेण्ट दीपक अधिकारीले प्रशिक्षण दिएका थिए ।

    सामूहिक विद्यालय परिवारका अध्यक्ष उदय कुमार मल्लिकको अध्यक्षता तथा सचिव सिर्जना पाठकको सञ्चालनमा सम्पन्न कार्यक्रममा उजली कुमारी सुनार सोनी, मनोज कुमार यादव, बसन्त पाण्डे, महेश भुर्तेल, दीपक अधिकारी लगायतले बोलेका थिए ।