२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

बूढीगंगा मतगणना अपडेट : ५० प्रतिशत मत गन्दा एमालेलाई दोब्बर अग्रता

शनिवार , आषाढ २५, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बाजुरा, २५ असार । 

    बाजुराको बूढीगंगा नगरपालिकामा करिब ५० प्रतिशत मतगणना सकिएको छ । ५० प्रतिशत मत गन्दा नेकपा एमालेले झन्डै दोब्बरको अग्रता बनाएको छ । 

    पछिल्लो अपडेटअनुसार मेयरमा एमालेका रामबहादुर बानियाँले २ हजार ९२५ मत पाएका छन् । नेपाली कांग्रेसका रङ्गबहादुर खाती १ हजार ५६९ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

    उपमेयरमा पनि एमालेकै फराकिलो अग्रता छ । एमालेकी मायाकुमारी खड्का कुँवरले २ हजार ८६६ मत ल्याउँदा कांग्रेसकी रिता शाहीले १ हजार ६२३ मत ल्याएकी छन् ।

    निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म ४ हजार ७६३ मतगणना भएको छ । हालसम्म नतिजा सार्वजनिक भएका चारै (१, १०, २ र ९ मा) वटा वडामा एमालेले वडाध्यक्ष पद जितेको छ। यतिबेला वडा नम्बर ८ र ३ को गणना भइरहेको छ । न्युज कारखाना