
शनिवार , आषाढ २५, २०७९
भैरहवा, २५ असार ।
लुम्बिनी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले पशु चौपायालाई स्वस्थ राखी उत्पादन र उत्पादकत्व बढाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पशुपन्छी स्वस्थ भए त्यसबाट उत्पादन राम्रो लिन सकिने भन्दै शिविरको आयोजना गरिएको हो ।
पश्चिम नवलपरासीको सुस्ता र कपिलवस्तुको पत्थरकोटमा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको थियो । स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका क्षेत्रमा शिविर आयोजना भएकाले किसानहरुको उल्लेख उपस्थिति रहेको थियो । विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य शिविरमा प्राविधिक ज्ञान, औषधी, भिटामिन, पोषण तत्व लगायत निःशुल्क वितरण गरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।
पछिल्लो समय पशुलाई स्वस्थ राख्न किसान आफै जागरुक छन् भने बेलाबेलामा हुने यस्ता शिविरले पनि केही राहत मिलेको छ । निरोगी पशुकै कारण लुम्बिनी प्रदेश दुधमा आत्मनिर्भर भइसकेको छ । त्यस्तै मासु र अण्डामा आत्मनिर्भर उन्मुख भैरहेको निर्देशनालयले जनाएको छ । यस प्रदेशमा प्रतिव्यक्ति प्रतिवर्ष ११० लिटर दुध, २१ दशमलब ७ केजी मासु, ४४ गोटा अण्डा र २ दशमलव ७५ किलो माछा उपलब्ध भएको अवस्था छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij