२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

जनता कम्युनिष्ट मिलेको हेर्न चाहन्छन् : खिमलाल भट्टराई

शुक्रवार , आषाढ २४, २०७९

भैरहवा, २४ असार । 
नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य तथा राष्ट्रियसभामा संसदीय दलका नेता खिमलाल भट्टराईले जनता कम्युनिष्ट मिलेको हेर्न चाहेको बताएका छन् । उनले कम्युनिष्ट पार्टी नमिल्दा कांग्रेसले फाइदा लिने बताए ।

सामाजिक संजाल फेसबुकमा भट्टराईले लेखेका छन्, ‘कम्युनिष्ट नमिल्दा देशमा न संविधानको सही कार्यान्वयन, न विकास र समृद्धि न राष्ट्रिय स्वाधीनताको रक्षा र प्रवर्द्धन नै हुन्छ । देशको अवस्था झनै वर्वादीतिर जानेछ । ‘

नेपालका हामी कम्युनिष्टहरूले सोच्ने बेला आएन र ? देशमा पश्चगमनको आधार तयार हुँदै गरेकाले कम्युनिष्टहरुले टुलुटुलु हेरेर बस्न नमिल्ने पनि लेखेका छन् । ‘कांग्रेसको दक्षिणपन्थी वैशाखीलाई मिल्काइदिऔं र वाम मेलमिलापको आधार तयार पारौं । यसबाट नै देश र जनताको भलाई हुनेछ’, भट्टराईले लेखेका छन् ।