
आइतवार , आषाढ १९, २०७९
भैरहवा, १९ असार ।
जेसीआई सिद्धार्थ, नेपालले क्यान्सरपीडितलाई सहयोग तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शनिबार एक कार्यक्रमकाबीच आर्थिक अवस्था कमजोर भएका सिद्धार्थनगर–५ का सुनिल मल्लाहको उपचारका लागि सहयोग हस्तान्तरण गरेको कार्यक्रम संयोजक दीपक सापकोटाले बताए ।
जेसीआई सिद्धार्थ नेपाल २०२२ को ११ औं कार्यक्रम अन्तर्गत क्यान्सर पीडितलाई सहयोग तथा रक्तदान कार्यक्रम गरिएको संस्थाका कोषाध्यक्ष सागर पोखरेलले बताए । भैरहवा ब्याडमिन्टन कभर्ड हलमा भएको कार्यक्रममा ३० युनिट रगत संकलन भएको उक्त कार्यक्रमका संयोजक आकाश पौडेलले बताए ।
जेसीआई सिद्धार्थ वर्ष २०२२ का अध्यक्ष जेसी कमल जि.सी. को अध्यक्षतामा तथा जेसीआइ सिद्धार्थ नेपाल वर्ष २००६ का अध्यक्ष जेसीआई सिनेटर ओम कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष ओजस शर्माले आस्था पाठक तथा उपाध्यक्ष अर्जुन कुंवरले सञ्चालन गरेका थिए ।
कार्यक्रममा जेसीआई सिद्धार्थ नेपालका पूर्व अध्यक्षहरु, साधारण सदस्यहरु, पर्यवेक्षक सदस्यहरु, बोर्डका पदाधिकारी रक्तदाता लगायतको उपस्थिति रहेको संस्थाका महासचिव लोकमणि भट्टराई बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij