२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

राप्रपाद्वारा भैरहवामा सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन (तस्बिरहरु)

शुक्रवार , आषाढ १७, २०७९

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १७ असार ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिद्धार्थनगर समिति, रुपन्देहीले भैरहवामा वर्तमान सरकारविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । शुक्रबार मिलनचोकमा मसाल जुलुससहित राप्रपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सिद्धार्थनगर–३ स्थित जिल्ला पार्टी कार्यालयबाट सुरु भएको जुलुस मिलनचोकमा पुगेर समापन भएको थियो ।

    जुलुसमा सहभागी राप्रपा नेता तथा कार्यकर्ताहरुले हिन्दू राष्ट्र कायम गर, सुकुम्बासी समस्या समाधान गर, भ्रष्टाचार, महंगी र कालोबजारी नियन्त्रण गर, स्थानीय तहका अव्यवहारिक र दोहोरो कर खारेज गर, युवा बेरोजगार समस्या समाधान गर, संघीयता खारेज गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

    राप्रपा सिद्धार्थनगरका उपाध्यक्ष कृष्ण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पार्टीका रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष अजय कुमार गुप्ता र सचिव बलराम शर्माले पार्टीको तर्फबाट बुझाइएको माग सम्बोधनमा गठबन्धन सरकारले ढिलाइ गरेकाले विरोध प्रदर्शन गरिएको बताए ।

    IMG_0427.JPG

    पार्टीका तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग सम्बोधनमा ढिलाइ भएको भन्दै विरोध गरेको हो । असार १ गते अध्यक्ष लिङ्देनलाई प्रधानमन्त्री निवासमै पुगेर देउवालाई २२ बुँदे मागपत्र सरकारलाई बुझाएका थिए । ज्ञापनपत्रमार्फत राप्रपाले राजनीतिक, समसामयिक र जनजीविकाका सवालहरू उठाएको छ ।

    IMG_0457.JPG

    राप्रपाले केन्द्र र स्थानीय दुई तहको बलियो सरकार बनाउनुपर्ने, मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी संसद्को निर्वाचन पूर्ण समानुपातिकरुपमा गराउनुपर्ने, मौलिक अधिकारको रुपमा रहेको शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने, भूमिहीन तथा घरवारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गर्नुपर्ने, बेरोजगारी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने, व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन कायम गर्नुपर्ने, पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गरी उक्त दिन सार्वजनिक बिदा दिर्नुपर्ने माग राखेको छ ।

    त्यस्तै अतिक्रमित नेपाली भूमि कालापानी, लिम्पियाधुरा, लिपुलेक फिर्ता लिन कूटनीतिक पहल गर्नुपर्ने, महिला, बालबालिका तथा दलित समुदायविरुद्घ हुने सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सशक्त कदम चाल्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकले आगामी निर्वाचनमै मतदान गर्न पाउने व्यवस्था गर्नुपर्ने, स्थानीय तहमा लगाएका अव्यावहारिक करहरु तथा तीन तहका सरकारबाट लगाइएका दोहोरो कर तत्काल खारेज गर्नुपर्ने, वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गर्नुपर्नेलगायत माग अगाडि सारेको छ ।

    IMG_0452.JPG
    IMG_0438.JPG
    IMG_0446.JPG
    IMG_0458.JPG
    IMG20220701194423.jpg
    IMG20220701194600.jpg