२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

विशेष क्रिकेट क्याम्प सम्पन्न

बिहिवार , आषाढ १६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बुटवल, १६ असार ।
    बुटवलको देवीनगरस्थित बेष्टर्न क्रिकेट एकेडेमीमा सञ्चालन भएको एकहप्ते विशेष क्रिकेट क्याम्प समापन भएको छ । भारत मेघालय यु–१९ को प्रमुख कोच आईसीसी लेभल २ कोच एस.पी. यादवले खेलाडीहरुलाई एक हप्तासम्म क्याम्पमा प्रशिक्षण दिएका छन । 

    समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले खेल पूर्वाधार र खेलाडीको विकासमा नगरबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । 

    क्याम्पका प्रशिक्षक आईसीसी लेभल २ कोच एसपी यादवले नेपाली युवा क्रिकेटरहरुमा धेरै सम्भावना देखेको बताए । हरेक खेल सिक्न खेलाडीमा लगन र निरन्तरता जरुरी रहने भन्दै उनले नेपाली खेलाडीमा क्रिकेट सिक्ने चाहना भेटेको बताए । 

    कार्यक्रममा वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल क्रिकेट संघका सचिव प्रशान्तविक्रम मल्ल, रुपन्देही जिल्ला क्रिकेट संघका कोषाध्यक्ष निरजप्रताप खाँण, बुटवल क्रिकेट विकास समितिका अध्यक्ष सोहन श्रेष्ठले खेल विकासमा सबैको क्षेत्रबाट हातेमालो जरुरी रहेको बताए । 

    एकेडेमीका अध्यक्ष भुवन पाण्डेले क्रिकेट खेलप्रति रुचि भएका खेलाडीहरुलाई लक्षित गरी नियमित वार्षिक कार्यक्रमअनुसार प्रशिक्षण कार्यक्रम गरेको बताए । कोभिड संक्रमणका कारण २ वर्ष स्थानीयस्तरमा नै प्रशिक्षण गरिदै आएको भए पनि अन्तर्राष्ट्रिय कोचबाट गरिने क्याम्पबाट खेलाडी पहिचान गरी अगाडी बढ्न मद्दत मिल्ने उनले बताए । एकेडेमीमा ४५ जना खेलाडीहरु प्रशिक्षण लिएका थिए ।