२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पत्रकार मोहम्मद हबिबलाई पितृशोक

बिहिवार , आषाढ १६, २०७९

भैरहवा, १६ असार ।
पत्रकार मोहम्मद हबिबलाई पितृशोक परेको छ । उनको बुवा मोहम्मद अजिजको ६५ वर्षको उमेरमा बुधबार (हिजो) राती ९ः३० बजे आफ्नै निवासमा निधन भएको छ । मधुमेह र रक्तचापसम्बन्धि समस्याबाट ग्रसित अजिजको केही दिनदेखि स्वास्थ्य अवस्था गम्भिर भएको थियो ।

पत्रकार हबिब दैनिक लुम्बिनी र न्युज कारखानामा आबद्ध छन् । उनी प्रेस चौतारी नेपाल रुपन्देहीका कार्यसमिति सदस्य, मधेशी पत्रकार समाज रुपन्देही र लुम्बिनी प्रेस क्लबका सदस्य समेत हुन् । सिद्धार्थनगर–७ निवासी मोहम्मद अजिजको निधनप्रति विभिन्न संघ–संस्थाले दुःख व्यक्त गरेका छन् । उनको आजै दिउँसो अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । स्व. अजिजका तीन छोरा र तीन छोरी छन् ।