images

बिहिवार, बैशाख १३ गते २०८१

स्तन र पाठेघरको क्यान्सर परीक्षण क्लिनिक उद्घाटन

स्तन र पाठेघरको क्यान्सर परीक्षण क्लिनिक उद्घाटन

images
images
images
मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • स्तन र पाठेघरको क्यान्सर परीक्षण क्लिनिक उद्घाटन

    बुटवल, १४ असार ।  
    लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीको आयोजानमा बुटवलमा स्तन क्यान्सर र पाठेघरको क्यान्सर परीक्षण क्लिनिक उद्घाटन गरिएको छ । सोही अवसरमा क्लबको सचिवालय भवन समेत उद्घाटन गरिएको छ ।

    images

    एक कार्यक्रमको आयोजना गरी ३२५ पी का  डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, ड्रिष्टिक सेकेण्ड भिडिजी पुरुषोत्तम प्रधानांङ्ग  र क्लबका अध्यक्षद्वय कमलराज उदय र कुसुमदेवी शाक्यले संयुक्त रुपमा शुभारम्भ गरेका हुन् । 

    बुटवल–७  यातायात (लाईसेन्स) कार्यालय भएको भवनमा उद्घाटन गरिएको क्लिनिकबाट अब सर्वसाधारणले आफ्नो शंका लागेको पाठेघरको क्यान्सर वा स्तन क्यान्सरको निःशुल्क परिक्षण गर्ने पाउने छन् । कार्यक्रममा डिष्ट्रिक सचिव सन्दीप कसौधन, कार्यक्रम संयोजकद्वय मुकेशमान श्रेष्ठ र सरिता कसजु लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

    सचिवालय भवन निर्माणको लागि  लायन्स क्लब तिलोत्तमाको ३६  लाख १८ हजार तिलोत्तमा मायादेवीबाट १७ लाख ५० हजार, लायन्स तिलोत्तमाका सदस्यहरुबाट ५ लाख ३० हजार र लायन्स मायादेवीका सदस्यहरुबाट ५ लाख ७० हजार रुपैयाँ सहयोगमा  संकलन गरिएको थियो । अन्य सहयोगी दाताहरुबाट ११ लाख ४७ हजार गरी कुल ७६ लाख  १४ हजार लागतमा भवन निर्माण गरिएको जनाइएको छ  ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij