images

शुक्रवार, चैत्र १६ गते २०८०

सियारीमा राष्ट्रपति शिल्ड प्रतियोगिता सुरु

सियारीमा राष्ट्रपति शिल्ड प्रतियोगिता सुरु

images
images
images
मंगलवार, आषाढ १४ २०७९
मंगलवार, आषाढ १४ २०७९
  • सियारीमा राष्ट्रपति शिल्ड प्रतियोगिता सुरु

    बुटवल, १४ असार ।
    रुपन्देहीको सियारी गाउँपालिकामा राष्ट्रपति शिल्ड प्रतियोगिता २०७८/२०७९ अन्तरगत विभिन्न खेलहरु सुरु भएको छ । उद्घाटन दिनको खेलमा मावि तह छात्रछात्रा कबड्डी शुभारम्भ भएको छ । 

    images
    images
    images

    सियारी गाउँपालिका हलमा भएको छात्र कबड्डी खेलमा रोजबड एकेडेमी, गणसारी मावि, जनता मावि, दुर्गा संस्कृत गृह, समयमाई मावि र जंगहत्था मावि बिजयी हुदै दास्रो चरणमा प्रवेश गरेका छन् । त्यसै गरी छात्रातर्फको खेलमा जनता मावि, दुर्गा देवी मावि, सिद्धार्थ मावि, मैनहिया मावि, रोजवड एकेडेमी र समयमाई मावि दोस्रो चरणमा प्रवेश गरेका छन् ।

    त्यसै गरी विद्यालयस्तरीय ३ हजार मिटर दौड प्रतियोगितामा छात्रतर्फ जनता माविका सुरेश केवटले प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै समयमाई माविका अनिल पासीले दोस्रो तथा विरेन्द्र माविका दिनेश पासी र पब्लिक नमुना माविका प्रदिप पासीले तृतीय स्थान हासिल गरेका छन् । छात्रातर्फ दुर्गा देवी माविकी इन्दिरा गुरुङ प्रथम, गणसारी माविकी सुष्मिता यादव द्वितीय र चिल्हिया माविकी रिंकी केवट तृतीय भएकी छन् । 

    287506374_839095363718142_2698380573647459734_n.jpg

    एक समारोहकाबीच सोमबार गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले प्रतियोगिताको उद्घाटन गरेका छन । कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले खेलकुदका नया युवा खेलाडी उत्पादन गर्ने रुपमा यो प्रतियोगिता भएको बताउँदै यसका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    प्रतियोगितामा सियारी गाउँपालिकाका १३ विद्यालयहरुका ३ सय ६० बढी खेलाडीहरुले भाग लिएको फुटबल प्रशिक्षक अमर पुन मगरले बताए । मंगलबार (आज) १ हजार ५ सय मिटरको दौडसहित फाइनल खेलहरु हुने उनले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij