बुटवल, ११ असार ।
सबल नेपाल मिडिया प्रा.लि.को आयोजनामा भएको प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ मा सम्पन्न खेलमा साझ टेलिभिजनलाई ३–१ को सेटमा पराजित गराउँदै राज्य टेलिभिजनले जितेको हो । जीतसँगै राज्य टेलिभिजनले नगद १५ हजार, शिल्ड र प्रमाणपत्र पाएको छ भने साझा टेलिभिजनले नगद १० हजारमा चित्त बुझाएको छ ।
प्रतियोगिताको एक कार्यक्रमकाबीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले उद्घाटन गरेको थिए । कार्यक्रममा बोल्दै उनले मिडियाकर्मीहरुबीच हुने यस प्रकारका खेलले सञ्चारकर्मीबीच आत्मीयता बढ्ने बताए ।
प्रतियोगितामा १० वटा टीमको सहभागीता रहेको थियो । रुपन्देहीमा रहेका संचारगृहहरुबीच परस्पर सम्बन्ध र सञ्चारकर्मीहरुबीच भेटघाट तथा रमाइलोको लागि प्रतियोगिताको आयोजना गरेको बताउँदै भव्यताका सफल भएको प्रतियोगिताका संयोजक दीपक न्यौपानेले बताए ।
कार्यक्रम आयोजक सवल नेपाल मिडिया प्रालिका अध्यक्ष अमृत पाण्डेयको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख बिना राना र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालको विशिस्ट आतिथ्यता तथा पत्रकार सुरेश परियारको संचालनमा भएको थियो ।