images

बिहिवार, बैशाख १३ गते २०८१

चिदिका–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान, १०१ युनिट रगत संकलन

चिदिका–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान, १०१ युनिट रगत संकलन

images
images
images
शनिवार, आषाढ ११ २०७९
शनिवार, आषाढ ११ २०७९
  • चिदिका–रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान, १०१ युनिट रगत संकलन

    तिलोत्तमा, ११ असार ।
    अर्घाखाँचीको चिदिकाबाट रुपन्देही आइ बसोबास गर्नेहरुको संस्था चिदिका–रुपन्देही सम्पर्क समाजले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका अध्यक्ष केशवराज पन्थीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश प्रमुखको कार्यालयका सचिव  चिरन्जीवी पौडेलले गरेका थिए ।

    images

    त्यस अवसरमा उनले रक्तदान जस्तो मानवीय कामलाई समाजले अगाडि बढाएकोमा प्रशंसा गरे । उनले सामाजिक क्षेत्रमा संस्थालाई अझ बढी सक्रिय बनाइराख्न आग्रह गरे ।

    रक्तदान कार्यक्रममा १०१ जनाले रक्तदान गरेको अध्यक्ष पन्थीले जानकारी दिए । उनले रक्तदान जस्तो मानवीय कार्यलाई समाजले प्रत्येक वर्ष जारी राखेको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले रचनात्मक क्रियाकलापमा समाजलाई सधै सक्रिय बनाइराख्न सबैको सहयोग र सुझाव आवश्यक  रहेको पनि बताए ।

    कार्यक्रमका अवसरमा समाजका सल्लाहकार नेत्रप्रसाद पन्थी, निवर्तमान अध्यक्ष ईश्वरी ज्ञवाली, प्रेस सल्लाहकार लक्ष्मण पौडेल लगायतले रगतको अभाव हुन नदिन समाजले रक्तदान कार्यक्रम गरेकोमा धन्यवाद दिएका थिए । रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । समाजले बिरामीको उपचारका लागि सहयोग पु¥याउने उद्देश्यले एम्बुलेन्स समेत सञ्चालनमा ल्याइसकेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij