images

शुक्रवार, बैशाख ७ गते २०८१

‘बच्चा भुलाउन बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ’

‘बच्चा भुलाउन बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ’

images
images
images
शनिवार, आषाढ ११ २०७९
शनिवार, आषाढ ११ २०७९
  • ‘बच्चा भुलाउन बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ’

    बुटवल, ११ असार ।
    बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाउन चिकित्सकहरुले आग्रह गरेका छन् । मोबाइल/टिभी धेरै समय हेर्दा बालबालिकाहरुमा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरुले यस्तो आग्रह गरेका हुन् ।

    images
    images
    images

    चिकित्सकहरु आबद्ध रहेको रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले शनिबार ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ’ अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावको बारेमा जानकारी गराएको हो । क्लबले रुपन्देहीका विभिन्न नगरपालिकाहरुसँगको सहकार्यमा सचेतनामुलक अभियान समेत चलाउने क्लबका अध्यक्ष डा. सन्तोष पोखरेलले बताए ।

    डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निन्द्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन् । पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावक समेत यो विषयमा सचेत रहनुपर्नेमा जोड दिए । क्लबले बालबालिकाहरु बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायहरुमा राख्ने गरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ ।

    कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले क्लबले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए । उनले तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भैसकेको सन्दर्भमा ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल/टिभी नदेखाऊँ’ अभियानपनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए ।

    त्यस्तै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावकहरु बढी सचेत हुनुपर्ने र परिवर्तनको सुरुवात् आफैंबाट गर्नुपर्ने बताए । 

    त्यसै गरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लबले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकोले यो अभियानले सामाजिक सचेतना जगाउने बताए । 

    कार्यक्रममा रोटरी क्लबका एजी राजेन्द्र कार्की, रोटरीयनहरु डा. विनिता भट्टराई, डा. मञ्जु गुभाजु लगायतले बोलेका थिए । रोटरी ई–क्लब अफ मेडिकोफ्युजन हाइब्रीड नेपालले यसअघि ‘जथाभावी नथुकौं, थुकले मृत्यु फैलाउँछ’ भन्ने अभियान सञ्चालन गरेको थियो ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij