images

शुक्रवार, चैत्र १६ गते २०८०

अक्षयकोषबाट काशीमा दुईजना विद्यार्थीलाई छात्रवृति प्रदान

अक्षयकोषबाट काशीमा दुईजना विद्यार्थीलाई छात्रवृति प्रदान

images
images
images
शनिवार, आषाढ ११ २०७९
शनिवार, आषाढ ११ २०७९
  • अक्षयकोषबाट काशीमा दुईजना विद्यार्थीलाई छात्रवृति प्रदान

    भैरहवा, ११ असार ।
    काशी तारा इञ्जिनियर सविन पहारी स्मृति अक्षयकोष वितरण कार्यक्रम शुक्रबार भैरहवामा सम्पन्न भएको छ । काशी नोबल एकेडेमी व्यवस्थापन समितिका अध्यक्ष ओम जैसीको अध्यक्षतामा भएको कार्यक्रममा छात्र सुप्रित घिमिरे र छात्रा सिर्जना पन्तलाई १० हजार २५ रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको विद्यालयका प्राचार्य राजेन्द्र घिमिरेले बताए ।

    images
    images
    images

    सविन पहारी स्मृति अक्षयकोषका संरक्षक शिव प्रसाद पहारी, प्राविधिक सहयोग हरि प्रसाद आचार्य, विद्यालयका अभिभावकहरु ल्गायतको सहभागीतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्राचार्य राजेन्द्र घिमिरेले र सहायक प्राचार्य श्रीरायमाझीले कार्यक्रमको सञ्चालन गरेका थिए । 

    अक्षयकोषबाट हरेक वर्ष माध्यमिक तह आधारभुत तह कक्षा ८ परीक्षामा उत्तीर्ण मिहिनेती, उत्कृष्ट तथा लगनशिल विद्यार्थीलाई छात्रवृत्ति दिइने विद्यालयले जनाएको छ । २०७७ सालमा स्थापना भएको स्मृति अक्षयकोषको छात्रवृत्ति यो भने पहिलोपटक वितरण गरिएको हो ।

    त्यस्तै रोट्रयाक्ट क्लब अफ लुम्बिनी बुद्धको आयोजना, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, सिद्धार्थनगर नगरपालिका कार्यालय, जिल्ला प्रहरी कार्यालय, रुपन्देही र युथ भिजनको सहयोगमा शनिबार काशी नोबल एकेडेमीमा लागू औषध दुव्र्यसनी तथा ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रम गरिएको छ ।

    289027926_1194039848077104_915847219508268050_n.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij