images

शुक्रवार, बैशाख ७ गते २०८१

रुपन्देहीमा भोलिदेखि बालबालिकालाई फाइजर खोप लगाइँदै

रुपन्देहीमा भोलिदेखि बालबालिकालाई फाइजर खोप लगाइँदै

images
images
images
शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • रुपन्देहीमा भोलिदेखि बालबालिकालाई फाइजर खोप लगाइँदै

    भैरहवा, १० असार ।
    रुपन्देहीमा असार ११ गते (भोलि) देखि बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइँदैछ । यो खोप प्रथम चरणमा जिल्लाका १६ पालिकामध्ये लुम्बिनी साँस्कृतिक, तिलोत्तमा, देवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिकामा असार ११ गतेदेखि १४ गतेसम्म र दोस्रो चरणमा असार १५ देखि १८ गतेसम्म बाँकी ११ वटा पालिकामा लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार खोप अभियान एक स्थानीय तहमा एकै चरणमा सम्पन्न गरिनेछ । यो खोप ५ वर्षदेखि ११ वर्षसम्म बालबालिकाहरुलाई लगाइनेछ ।

    images
    images
    images

    स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा लक्षित जनसंख्या ५ वर्षदेखि ११ वर्ष उमेरका १ लाख ३१ हजार ५ सय ५७ जनालाई फाइजर खोप लगाइनेछ । शर्माले ५ देखि ११ वर्ष उमेरका बालबालिकाको तथ्यांक लिइसकेको र सबैको सहयोगले पूर्ण खोप लगाएर रुपन्देहीलाई नमूना जिल्ला बनाउने बताए । उनले अन्य नियमित कार्यक्रम बन्द नहुने गरी खोप लगाउने व्यवस्था मिलाइएको बताए ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन कार्यनीति अन्तर्गत १२ वर्ष वा सो भन्दा माथिका नागरिकहरुलाई पहिलो श्रृंखलाको छुट खोप र १८ वर्ष माथिका नागरिकहरुलाई बुस्टर मात्रा प्रदान गरिनेछ । त्यस्तै ५ देखि ११ वर्षसम्मका बालबालिकाहरुको लागि पहिलो श्रृंखलाको दुई मात्रा खोप प्रदान गरिनेछ ।

    स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले कोरोनाविरुद्धको अन्य खोप भन्दा फाइजर खोप राम्रो र प्रभावकारी भएको बताए । उनले खोप अभियान सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । 

    के हो फाइजर–बायोएनटेक खोप ?

    फाइजर–बायोएनटेक खोप कोभिड–१९ विरुद्धको खोप हो । यो खोप जर्मन बायोटेक्नोलोजी कम्पनी ‘बायोनटेक’ ले अमेरिकन कम्पनी ‘फाइजर’ को सहकार्यमा विकास गरिएको हो । यो खोपको प्रभावकारिता ९१ प्रतिशतसम्म रहेको अध्ययनले देखाएको छ । यो खोप विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगको लागि सूचीकृत गरेको छ । यो खोप नेपालमा प्रयोग गर्न औषधी व्यवस्था विभागले अनुमति प्रदान गरेको छ ।

    खोप दिने आधार

    –  ५ वर्षदेखि ११ वर्ष उमेरका सबै बालबालिका

    – विद्यालयले तयार गरेको कक्षागत सूची, नामावली वा विद्यालयले उपलब्ध गराएको परिचयपत्र

    –  विद्यालयमा सूचीकृत नभएका बालबालिकाहरुको लागि : उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर

    दोस्रो मात्रा लिनको लागि : पहिलो मात्रा लिएको खोप कार्ड

    खोप केन्द्र निर्धारण

    –  तोकिएका विद्यालयहरु

    –  अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थाहरुमा 

    – अन्य तोकिएका बाह्य खोप केन्द्रहरु

    अभियान पश्चात छुट व्यक्तिहरुका लागि यस अघि तोकिएका खोप केन्द्र (अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्था) हरुमा निरन्तर ।

    कसले फाइजर खोप लगाउनु हुँदैन ?

    –  ५ वर्ष भन्दा कम र ११ वर्ष भन्दा बढी उमेरको व्यक्ति

    –  पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भिर प्रकारको एलर्जिक प्रतिक्रिया भएको

    –  यो खोपमा भएको कुनै तत्वको कारणबाट गम्भिर प्रकारको एलर्जिक प्रतिक्रिया भएको

    –  कोभिड–१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउनुहुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ ।

    –  कुनै पनि प्रकारको गम्भिर विरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा खोप लगाउनु हुँदैन, तर यस प्रकारको अवस्था ठीक भएपछि यो खोप लगाउनु हुन्छ । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij