images

बिहिवार, चैत्र १५ गते २०८०

बुटवलमा शनिबारदेखि खुला कलेजस्तरीय भलिबल प्रतियोगिता

बुटवलमा शनिबारदेखि खुला कलेजस्तरीय भलिबल प्रतियोगिता

एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्दै

images
images
images
शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • बुटवलमा शनिबारदेखि खुला कलेजस्तरीय भलिबल प्रतियोगिता

    रुपन्देही, १० असार ।

    images
    images
    images

    मदन भण्डारी स्पोटर्स एकेडेमीले शनिबारदेखि बुटवलमा खुला कलेजस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्दैछ ।

    सिद्धेश्वरी लालकुमारी माविको प्रांगढ दीपनगरमा हुने महिला पुरुष भलिबल प्रतियोगिताको उद्घाटन एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गर्र्नछन् । दिउँसो ३ बजे विशेष समारोहकाबीच प्रतियोगिताको उद्घाटन हुने एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले बताए ।

    प्रतियोगिता अन्तर्गतका खेल भने बिहान ७ बजेदेखि नै सुरु हुनेछन् । भलिबल प्रतियोगितामा रुपन्देही र आसपासका जिल्लाका कलेज सहभागी छन् । जसमा पुरुषतर्फ १८ र महिलातर्फ १२ समूह सहभागी हुने प्रतियोगिता संयोजक वृद्धि बस्यालले बताए । प्रतियोगिता असार १३ गतेसम्म सञ्चालन हुनेछ ।

    यस्तै एकेडेमीले शनिबारदेखि नै  विद्यालयस्तरीय चेस प्रतियोगिता सुरु गर्दैछ । स्कलर्स होम मावि बुटवलमा बिहान ८ बजेदेखि प्रतियोगिता सुरु हुनेछ । जसमा १ सय व्यक्ति सहभागी हुने चेस प्रतियोगिता संयोजक विजय गुरुङले बताए ।

    ७१ औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गरिरहेको छ । प्रतियोगिता असार २२ गतेसम्म चल्नेछन् ।  जसमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फूल कन्ट्याक कराँते, तेक्वान्दो लगायतका प्रतियोगिताहरु रहेका छन् ।

    प्रतियोगितामा विजेतालाई  १ लाख रुपैयाँसम्म पुरस्कार राशी राखिएको छ । प्रतियोगिता सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषदले सहकार्य गरेको छ ।

    एकेडेमीका अध्यक्ष धु्रव आचार्यले कोरोनापछि खेल गतिविधिहरु कम भएका बेला खेलको पुर्नजागरणका लागि पनि देशव्यापी प्रतियोगिता आयोजना गरेको बताए । कलेजदेखि राष्ट्रियस्तरका यस्ता प्रतियोगिताहरुले खेलाडीको मनोबल बढ्ने र खेलाडीलाई व्यवसायिक बनाउन सघाउने बताए ।  एकेडेमीले अनुशाशित, राष्ट्रप्रेमी, मिहिनेती र प्रतिष्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल प्रशिक्षण, खेल गतिविधि र प्रतिष्पर्धाहरु आयोजना गरिरहेको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij