images

बुधवार, बैशाख १२ गते २०८१

औषधी व्यवसायी संघको स्थापना दिवसमा रक्तदान

औषधी व्यवसायी संघको स्थापना दिवसमा रक्तदान

images
images
images
शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • औषधी व्यवसायी संघको स्थापना दिवसमा रक्तदान

    बुटवल, १० असार ।
    नेपाल औषधी व्यवसायी संघ, रुपन्देही जिल्लाले आफ्नो स्थापना दिवस वृहत रक्तदान गरी मनाएको छ । संघको ४९ औ स्थापना दिवसको अवसरमा शुक्रबार रक्त संचार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । 

    images

    कार्यक्रमको संघका केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गर्दै संस्थागत विकाससंगै सामाजिक हकहितमा आफूहरु निरन्तर लागेको बताए । रुपन्देहीमा नै पुरानो संस्थाको सामाजिक क्षेत्रमा पहिचान बनाउन सफल भएको उनले बताए । 
    कार्यक्रममा विशेष सल्लाहकार डा. रोहितराज क्षेत्रीले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्व बहन हुने गरी कार्यक्रम गर्दै आएको बताए । संस्थाको संघीय संरचना व्यवहारमा लागू हुन नसक्दा आवश्यक रुपमा काम गर्न नसकेको उनले बताए । 

    संघका कार्यवाहक अध्यक्ष खड्ग बहादुर बस्नेतले संस्थागत हकहितका साथै विविध सामाजिक कार्य गर्दै आएको बताए । कार्यक्रम संयोजक गणेश प्रसाद सेढाईले कार्यक्रममा ५४ युनिट रगत संकलन भएको बताए । 

    कार्यक्रममा संघका महासचिव पुरुषोत्तम भट्टराई, प्रदेश उपाध्यक्ष तथा संघका जिल्ला सल्लाहकार अमृत सुवेदी, सल्लाहकार प्रभा भण्डारी, रक्त संचार केन्द्रका सदस्य सचिव राधा शर्माले रक्तदानको अभियानमा सबै लाग्नुपर्ने बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij