images

बिहिवार, बैशाख १३ गते २०८१

राष्ट्रपति रनिङशिल्ड प्रदेश छनौट प्रतियोगिता दाङमा हुने

राष्ट्रपति रनिङशिल्ड प्रदेश छनौट प्रतियोगिता दाङमा हुने

images
images
images
शुक्रवार, आषाढ १० २०७९
शुक्रवार, आषाढ १० २०७९
  • राष्ट्रपति रनिङशिल्ड प्रदेश छनौट प्रतियोगिता दाङमा हुने

    बुटवल, १० असार ।
    १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रदेश छनौट प्रतियोगिता लुम्बिनी प्रदेश खेलकुद परिषद्ले गर्ने भएको छ । बिहीबार बुटवलमा बसेको प्रदेश अन्तरगतको १२ जिल्लाका खेलकुद विकास समितिका कार्यालय प्रमुख, सुरक्षा निकायसहितको परिषद बैठकले असार २३, २४ र २५ गते दाङमा प्रतियोगिता गर्ने निर्णय गरेको हो । 

    images

    कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले छोटो तयारीकाबीच प्रतियोगिता गर्न लागेको बताए । केन्द्रको ६ गते भएको निर्णयअनुसार प्रदेशको छनौट प्रतियोगिता गर्न लागेको उनले बताए । मूल समारोह असार २८ गते हुने केन्द्रको पत्रमा जानकारी आएको भन्दै उनले दाङमा आवश्यक संरचना भएकोले प्रतियोगिता गर्न सकिने बताए । ‘कबर्ड हलका साथै ईन्डोर खेलका लागि स्थाई संरचना भएको हुँदा दाङ उपयुक्त छ’ उनले भने । खेलकुद विज्ञहरुको समन्वय बिना तयार भएको संरचना र प्रशिक्षण प्रभावकारी नहुने भन्दै त्यसमा तीन तहकै सरकारको जोड रहनुपर्ने बताए । 

    शिक्षा, विज्ञान, युवा तथा खेलकुद विकास महाशाखा प्रमुख यम बहादुर केसीले प्रत्येक वर्ष प्रदेशमा खेलाडी प्रोत्साहनका २ प्रकारको मुख्य प्रतियोगिता गर्दै आएको बताए । केन्द्रको निर्णय ढिलाई हुँदा छनौट प्रतियोगिता गर्न केही कठिनाई भएको उनले बताए । 

    शिक्षा, विज्ञान, युवा तथा खेलकुद निर्देशनालय प्रमुख मनोज कुमार गैरेले यसअघिका वर्षमा आयोजना गरिएको प्रतियोगिताका आधारमा कमिकमजोरीहरु हटाउदै जाने बताए । 

    कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका प्रमुख पद्मा चौधरीले प्रतियोगिता आयोजना गर्न दाङमा आवश्यक पुर्वाधार रहेको बताइन् । आधारभुत रुपमा धेरै खेल गर्न सकिने उनले बताइन् । 

    कार्यक्रममा प्रदेश खेलकुद विकास परिषद्का कोषाध्यक्ष कोशिष बहादुर खड्काले खेलाडीलाई पर्याप्त समय नहुँदा कठिनाइ हुने भए पनि त्यसको समाधान हुने गरी तयारीमा लाग्नुपर्ने बताए । 

    बैठकमा स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर कार्यभार आएको हँुदा पनि जिल्ला छनौट नै हुन नसकेको खेलकुद विकास समितिका जिल्ला प्रमुखहरुले गुनासो गरे । संघिय संरचना अझै पनि खेलकुदमा कायम रहदा र जिल्लामा पदाधिकारी विहिन हुदा कठिनाई भएको उनिहरुले बताए । 
    प्रदेश खेलकुद विकास परिषद्का सदस्य तथा भलिबल प्रशिक्षक अर्जुन घिमिरेले खेलाडी र विद्यार्थीहरुका लागि राष्ट्रपति छनौट प्रतियोगिता मिनि ओलम्पिक भएको बताए । प्रतियोगिता आयोजना समय कम हुँदा व्यवस्थापनमा समस्या हुने भए पनि त्यसलाई कम हुने गरी सबैको साथमा अघि बढ्नुपर्ने सुझाव दिए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी, सशस्त्र प्रहरी बल बुटवलका प्रमुख सुरज पाण्डेले आवश्यक सहयोग गर्ने प्रतिवद्घता जनाए । 

    प्रतियोगिताका लागि प्रत्येक जिल्लाबाट विभिन्न विधाका न्यूनतम ८८ जना खेलाडीहरु सहभागी हुनेछन ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij