२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

बिहिवार , आषाढ ९, २०७९

अर्घाखाँची, ९ असार ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ ।

लुम्बिनी प्रदेशका कृषि खाद्य व्यवस्था तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भवनको उद्घाटन गरेकी हुन् ।

मन्त्री रायमाझीले भवन उद्घाटन गर्दै जनतालाई गुणस्तरीय अनि प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई आग्रह गरिन् । । कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने भन्दै कृषकहरूको व्यावसायिक विकासमा सरकारले ध्यान केन्द्रित गरेको उनले बताइन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडेलगायतको उपस्थिति रहेको थियो ।