images

मंगलवार, बैशाख ४ गते २०८१

प्रदेश सरकारले दियो कालिकालाई नयाँ बस 

प्रदेश सरकारले दियो कालिकालाई नयाँ बस 

images
images
images
बुधवार, आषाढ ८ २०७९
बुधवार, आषाढ ८ २०७९
  • प्रदेश सरकारले दियो कालिकालाई नयाँ बस 

    बुटवल, ८ असार ।
    बुटवलस्थित कालिका क्याम्पसलाई लुम्बिनी प्रदेश सरकारले स्कूल बस हस्तान्तरण गरेको छ । बुधबार एक समारोहकाबीच लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री बसिउद्दीन खानले क्याम्पस व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष अजुर्नमान सैजु, क्याम्पसका प्रमुख घनश्याम पाठकलाई चावी हस्तान्तरण गरेका हुन् । कुल २९ लाख ५० हजार रुपैयाँ लगानीको ४१ सिटको नयाँ बस क्याम्पसलाई हस्तान्तरण गरिएको हो । 

    images
    images
    images

    लागत साझेदारीका आधारमा मन्त्रालयले २५ लाख रुपैया र बाँकी रकम क्याम्पसले ब्यर्होने क्याम्पस प्रमुख घनश्याम पाठकले बताए । मन्त्रालयबाट सहयोग हँदा बस सञ्चालन गर्न सहजता मिलेको उनले बताए । मन्त्रालयबाट यो आर्थिक वर्ष कलेजको स्तरोन्नतिका लागि यातायातसहित खेलकूद पूर्वाधारमा २० लाख सहयोग भएको उनले बताए । उत्कृष्ट कलेजका रुपमा १ वर्षभित्र क्युएए प्राप्त गर्ने रुपमा पुर्वाधार र शैक्षिक विकासमा आफू लागेको उनले बताए । विद्यार्थीहरुलाई शैक्षिक ज्ञानका साथै रोजगार दिने गरी दक्ष युवाहरु उत्पादन गर्दै आएको उनले बताए । 

    कार्यक्रममा मन्त्री खानले देशकै नमूना कालिका विद्यालयको भौतिक विकासमा आफूले थोरै मात्र सहयोग गरेको बताए । व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर विद्यालयको विकासमा प्राचार्य पाठकबाट ठूलो योगदान भएको भन्दै उनले सबैको साथ र सहयोगबाट लुम्बिनी प्रदेशको गरिमा बढाउन सफल भएको बताए । प्रदेश सरकार निरन्तर शिक्षाको विकासमा लाग्ने उनले प्रतिवद्घता व्यक्त गरे । 

    कार्यक्रममा विद्यालयका अध्यक्ष होम बहादुर गलामी, कलेजका कोषाध्यक्ष नित्यानन्द ज्ञवाली, सदस्य यमुना काउचा, कालिका मानव ज्ञान माविका प्रधानाध्यापक दिनेश थापा, विद्यालयका खेलकुद प्रशिक्षक हरिश वली, कलेजका संयोजक बुद्धि चौधरीले विद्यालयमा धेरै चाप रहेको भन्दै यसलाई थेग्ने गरी पूर्वाधार विकासमा आफूहरु लागेको बताए ।

    समितिका कार्यबाहक अध्यक्ष अजुर्नमान सैजुले प्रदेश सरकारबाट प्राप्त हुने सहयोग शिक्षा, स्वस्थ्य, खेदकुदको विकासमा योगदान दिने संघ–संस्थाहरुलाई प्रोत्साहन मिल्ने उनले बताए । 
    कलेजमा हाल ५५ जना प्रोफेसरसहित कलेजमा ६४ जना कर्मचारी शिक्षकहरु छन् । विद्यालयमा बीसीए, बीबीए, बीएड गरी ३ विधामा २ हजार १ सय विद्यार्थीहरु अध्ययरत छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij