२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

जबर्जस्ती करणी मुद्दामा दुई वर्षदेखि फरार युवक पक्राउ

बुधवार , आषाढ ८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बारा, ८ असार । १६ वर्षीया बालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोप लागेका कलैयाका एक युवक पक्राउ परेका छन् । 

    पीडित बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा कलैया उपमहानगरपालिका- ७ बरेवा टोल बस्ने गफार मियाका छोरा वर्ष १९ को इर्साद अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए । 

    अन्सारीसहित तीनजनाले ५ चैत २०७७ मा नाबालिकालाई कलैया उपमहानगरपालिका(१ बाट विभिन्न प्रकारका डर त्रास देखाएर अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा पुर्‍याएर बन्धक तुल्याई जबर्जस्ती करणी गरेको आरोप छ । 

    जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसारसमेतको कसूर गरेको र अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदातपश्चात फरार रहेका अन्सारीलाई ३ असारमा कलैया उपमहानगरपालिका(५ बाट लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    अन्साररीलाई बारा जिल्ला अदालतमा पेस गरिएकोमा अदालतको आदेशनुसार पुर्पक्षका लागि वीरगन्ज कारागारमा पठाइएको  प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।