images

बिहिवार, बैशाख ६ गते २०८१

भातृ संगठनलाई पूर्णता दिन सभापति पुनको प्रधानमन्त्री देउवालाई आग्रह 

भातृ संगठनलाई पूर्णता दिन सभापति पुनको प्रधानमन्त्री देउवालाई आग्रह 

images
images
images
मंगलवार, आषाढ ७ २०७९
मंगलवार, आषाढ ७ २०७९
  • भातृ संगठनलाई पूर्णता दिन सभापति पुनको प्रधानमन्त्री देउवालाई आग्रह 

    काठमाडौं, ७ असार । 
    नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल पार्टीका भातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा सभापति पुनले भातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कर्याकर्ताहरूले स्थान नपाएको बताउदै छिटो भन्दा छिटो भातृ तथा शुभेच्छुक संस्थाहरूको पूर्णता दिन अनुरोध गरेका हुन् । 

    images
    images
    images

    सभापति पुनले जिल्ला र प्रदेश तहका भातृ संगठनको समिति निर्माण एवं अधिवेशन गर्न त्यहीको पार्टी समितिलाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् । सभापति पुनको जवाफमा प्रधानमन्त्री देउवाले संगठनको कार्यसमितिलाई पूर्णता दिन सम्बन्धित संगठनका अध्यक्षहरूलाई निर्देशन दिएको बताउँदै अब छिट्टै संगठनले पूर्णता पाउने आश्वासन दिएका छन् ।

    उहाँहरुबीच स्थानीय निर्वाचनको समीक्षा तथा आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको बारेमा पनि छलफल भएको सभापति पुनको सचिवालयले जनाएको छ । भेटमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, सहमहामन्त्री खगराज पाण्डे, प्रवक्ता प्रचण्ड विक्रम न्यौपाने लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij