images

शुक्रवार, बैशाख १४ गते २०८१

इन्धनको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा भैरहवामा प्रदर्शन

इन्धनको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा भैरहवामा प्रदर्शन

images
images
images
मंगलवार, आषाढ ७ २०७९
मंगलवार, आषाढ ७ २०७९
  • इन्धनको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुद्वारा भैरहवामा प्रदर्शन

    भैरहवा, ७ असार ।
    इन्धनको मूल्यवृद्धिविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मंगलबार बिहान भैरहवामा प्रर्दशन गरेको छ । अनेरास्ववियुले भैरहवा बहुमुखी क्याम्पस अगाडि सडकमा टायर बाल्नुका साथै सवारीसाधनलाई केही समय रोकेको थियो ।

    images

    विरोध प्रदर्शनमा सहभागि विद्यार्थी नेताहरुले मूल्यवृद्धि फिर्ता गर,  गठबन्धन सरकार मूर्दावाद जस्ता नाराबाजी गर्दै  एक घण्टा सडक अवरुद्ध गरेका थिए ।

    नेकपा (एमाले) का युवा नेता तथा अनेरास्ववियु केन्द्रीय सदस्य सरोज ठकुरीले वर्तमान गठबन्धन सरकारले मूल्यवृद्धि गरेर जनताको ढाड सक्ने काम गरेको आरोप लगाए ।

    विरोध कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी सदस्य सुनिल खनाल, सागर न्यौपाने, विवेक भण्डारी लगायतले बोल्दै सरकारले मूल्यवृद्धिको निर्णय फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij