२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

सोमवार , आषाढ ६, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • दमौली, ६ असार। नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् ।

    जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गरे ।

    देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भने, “देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।” रासस