२०८२, कार्तिक २६ गते

Nov 12 2025 | २०८२, कार्तिक २६ गते

जिसस म्याग्दीमा एमाले विजयी

आइतवार , आषाढ ५, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • म्याग्दी, ५ असार ।
    जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित भएका छन् । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको निर्वाचनमा थापा विजयी भएका छन् ।

    उपप्रमुखमा पनि एमालेकै दिलकुमारी खत्री निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।

    अन्य सात सदस्यमा यही असार १ गते मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि निर्विरोध भएका थिए । सदस्यमा कृष्णदत्त पौडेल पाध्या, श्रीप्रसाद गर्बुजा, देब गर्बुजा पुन, कविता विक, गौमती चपाई, धनकुमारी सुनार र जानकी विश्वकर्मा निर्विरोध भएका थिए ।

    जिसस प्रमुखमा निर्वाचित थापा एमाले जिल्ला कमिटि उपसचिव हुन् । जिससमा एमालेका सात, कांग्रेसका तीन र माओवादी केन्द्रका दुईसहित १२ मतदाता थिए । रासस